Friday, June 2, 2017

विमान दुर्घटनामा निधन भएका पाइलट कैलाश गुरुङको अन्त्येष्टि

काठमाडौँ : बाजुराको कोल्टीमा यही जेठ १६ गते भएको विमान दुर्घटनामा परी निधन भएका महासेनानी कैलाश गुरुङको शुक्रबार पशुपति आर्यघाटमा उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

अन्त्येष्टिका क्रममा रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो।

यसैगरी पूर्वप्रधान सेनापति, बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द, अधिकृत, पदिक, स्वर्गीय गुरुङका परिवारजन र आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

२०४६ साल वैशाख ११ गते अधिकृतका रुपमा सैनिक सेवामा प्रवेश गर्नुभएका महासेनानी स्व गुरुङले नेपाली सेनाको एक कुशल पाइलटका रुपमा सैनिक हवाई सेवा विस्तार र सैनिक उडानमा विशिष्ट योगदान पुर्‍याउनुभएको थियो।

सैनिक अधिकृतका अलावा उहाँ गीतकार÷गायक तथा समाजसेवी समेत हुनुहुन्थ्यो। बहुप्रतिभाका धनी स्वर्गीय गुरुङले जनप्रशासन र इतिहास विषयमा स्नातकोत्तर गर्नुभएको थियो। उहांका ‘रक्षकको गीत’ ९गीतमाला० लेख सङ्ग्रह, कावेरी लेख सङ्ग्रह, अर्पण ९गीति एल्बम०, प्रकाशित छन्।

भोजपूर जिल्लाको छिनामखु गाविस–४ मा २०२७ सालमा जन्मनुभएका महासेनानी स्वर्गीय गुरुङका एक श्रीमती र दुई छोरीहरु छन्। रासस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rNiHNV
via IFTTT

No comments:

Post a Comment