Thursday, June 22, 2017

पहिरो पन्छाएर फर्कंदा अर्को पहिरो, ट्रक र भ्यान त्रिशुलीमा खस्यो, चार प्रहरी हराए

चितवन, असार ९ – चितवनको इच्छाकामना गाउँपालिकाको कालीखोलामा पहिरोले बगाउँदा चारजना प्रहरी वेपत्ता भएका छन् ।

इच्छाकामनाको चारकिलो भन्ने ठाउँमा गएको पहिरो पन्छाएर फर्किने क्रममा कालीखोलामा गएको अर्को पहिरोले प्रहरी चढेको भ्यान बगाउँदा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दिपक मास्के, सन्दिप कार्की, लीलबहादुर चेपाङ वेपत्ता भएको घटनास्थलमा रहेका चितवनका प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

पहिरोले ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक त्रिशुली नदीमा खसेको छ । दुई जनाको शव भेटिए पनि फेरि पहिरो गएर शव पुरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tUEi3I
via IFTTT

No comments:

Post a Comment