Thursday, June 22, 2017

भारतले फेरी रोक्यो चार सय नेपाली बुलेट

काठमाडौँ । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् ।

नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए ।

सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन ।आजको नागरिकमा खबर छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2stM8Dw
via IFTTT

No comments:

Post a Comment