Sunday, June 25, 2017

यी नायिकालाई अरुसँग देखेर जलेका थिए अभिताभ, अंगलोमा बाँधी पार्टीमै गरेका थिए किस

कुरो २००८ को हो, जब एक पार्टीको क्रममा चर्चित बलिउड अभिनेता अमिताभ बच्चनले नायिका अमृता सिंहलाई आफ्नोतर्फ तानेर किस गरेका थिए । अमृतालाई ड्यानीको साथमा देखेर भित्रभित्रै जलेर अमिताभले यस्तो गरेका थिए । यसको खुलासा २००८ मै एक चर्चित भारतीय वेबसाईटसँगको अन्तर्वार्तामा अभिनेता अमिताभ बच्चनले गरिसकेका छन् ।

यस्तो थियो कहानीः
अमिताभ बच्चन, अमृता सिंह, ड्यानी सहि अरुपनि सेलिब्रेटी २००८ मा पियानो बारमा आयोजित एक पार्टीमा पुगेका थिए । अमृता सिंह पार्टीमा आफ्नो साथीको साथमा पुगेकी थिइन् । त्यहिँ अमिताभ पनि आफ्नो साथी ड्यानीको साथमा पार्टीमा पुगेका थिए । केहिछिनपछि अमृता पार्टीबाट जान लागेको देखेर अमिताभले नजान आग्रह गरे । उनले भनेपछि अमृता पार्टीमा केहिबेर रोकिईन् । पार्टीमा उनले ड्यानीलाई देखिन् र फ्लर्ट गर्न थालिन् । अमृताले फ्लर्ट गरेको मौकामा ड्यानीले अमृतालाई डान्स फ्लोरमा बोलाएर र अरु बिषयमा कुरा नगरी मज्जासँग डान्स गर्न थाले ।

डान्स फ्लोरमा डान्स गर्दैगर्दा उनीहरु निकै नजिक आईसकेका थिए । अमृता र ड्यानी नजिकिएको देखेर अमिताभलाई भित्रैबाट जलन भयो र उनी भड्किए । रिसको झोकमा उनले अमृताको साथमा डान्स गरिरहेको ड्यानीलाई तानेर छुट्याइदिए । त्यसपछि उनले अमृतालाई आफुतिर तानेर आफ्नो अंगालोमा बाँधे र किस पनि गरे । यतिमात्र नभएर अमिताभले धेरैबेरसम्म अमृतालाई आफ्नो अंगालोमा बाँधिरहेका थिए । अचानक भएको यो घटनाबाट अमृताले केहि बुझिनन् र उनी बाथरुम जाने बहानामा पार्टीबाट बाहिरिईन् जबकी अमिताभ पनि उनको पछि पछि गएका थिए । तर अमृताले पार्टी छोडेर गईन् । पछि अमिताभले अमृतासँग यो घटनाको लागि माफी पनि मागेका थिए । स्मरण रहोस् अमिताभ र अमृताले साथमा ‘मर्द’, ‘जादुगर’, ‘तुफान’, ‘अकेला’ जस्ता फिल्महरुमा काम गरिसकेकी छिन् ।gazzabkoonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sa1ud9
via IFTTT

No comments:

Post a Comment