Tuesday, June 20, 2017

संयुक्त अभ्यासका लागि टर्कि सैनिकको टोली कतारमा

कतार संगको संयुक्त सैनिक अभ्यासको लागि टर्कि सैनिकको पहिलो टोली आइतबार कतार आएको रक्षा मन्त्रालयले जानकारी दिएको छ।

फौजले आइतबार नै तरिक बिन जियाद गणमा पहिलो अभ्यास सम्पन्न गरिसकेको छ।धेरै पहिले नै योजना गरिएको संयुक्त अभ्यास दुवै देशको सुरक्षा बलियो पार्न,आतंककारी संग लड्न र देशमा शान्ती सुरक्षा कायम गर्ने दुवै देश बिचको सम्झौता अनुरुपको उदेश्य रहेको अल जजिराले लेखेको छ।

छिमेकी राष्ट्र साउदी अरेबिया,युएई,बहराइन लगायतका देशहरुले कतारलाई आतंककारीको सहयोग र साउदी विरोधी इरानको समर्थन लिएको आरोप लागाउदै गरेको नाकाबन्दी पछि संयुक्त  सैनिक अभ्यासको कुराले तिब्रता पाएको थियो।तर कतारले भने सुरु देखि नै आफु माथि लागेका आरोप नकार्दै आइरहेको छ।

टर्किको संसदले गत महिना कतारमा आफ्नो सैनिक क्याम्प स्थापना गर्ने नियम पारित गरेको थियो।कतार र टर्कि बिचको यो सम्झौता २०१६ को अप्रिलमा नै भइसकेको थियो।

जून ५ देखि सुरु भएको कुटनीतिक समस्या लगत्तै टर्कीले कतारको साथ दिइरहेको छ।साथै टर्किले खाडी छिमेकी राष्ट्रहरु बिचको समस्या सुल्झाउन मध्यस्तकर्ताको भुमिका पनि निर्वाह गर्दै आईरहेको छ।कतारले केही दिन अगाडी अमेरिकी नेभी फौज संग पनि संयुक्त अभ्यास गरेको थियो।

source :- qnradio

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sKWRu3
via IFTTT

No comments:

Post a Comment