Friday, June 23, 2017

राजश्व अनुसन्धानका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

राजश्व अनुसन्धानका अधिकृत घुससहित अख्तियारको नियन्त्रणमा

काडमाडौंः राजश्व अनुसन्धान मध्यपश्चिम तथा सुदुरपश्चिम कार्यालय कोहलपुरमा कार्यरत दुई जना अधिकृत घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राजश्व अनुसन्धान अधिकृत भीम घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई सेवाग्राहीबाट घुस लिदै गरेको बेला नियन्त्रणमा लिएको हो ।

कर मिलाईदिने भन्दै राजश्वका अधिकारीहरुले घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले नगद पाँच लाख ७० हजार रुपैयाँ घुस लिइरहेको बेला विहीबार नियन्त्रणमा लिएको आयोगद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । आयोगले थप छानविन गरिरहेको समेत जनाएको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t3NfLq
via IFTTT

No comments:

Post a Comment