Monday, June 26, 2017

साउथ सुपरस्टार रवि तेजाका दाजुको कार दुर्घटनामा मृत्यु

काठमाडौँ । तेलुगु फिल्मका सुपरस्टार रवि तेजाका दाजु भूपतिराजु भरत राजुको सडक दुर्घटनामा मृत्यु भएको छ । ४५ वर्षीय भूपतिको हैदराबादको बाहिरी रिंगरोड कोतवालगुडा सडकमा एक ट्रकले ठक्कर दिँदा उनको निधन भएको छ ।

हैदराबाद प्रहरीका अनुसार शनिबार राति १० बजे शमशाबादबाट गच्चीवावली जाँदै ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । भूपतिको शव उस्मानिया अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tci1ST
via IFTTT

No comments:

Post a Comment