Friday, June 23, 2017

ग्वाटेमालामा ६.८ रेक्टर स्केलको भूकम्प

ग्वाटेमाला सिटी । ग्वाटेमालामा बिहीबार बिहान सवेरै ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यस भूकम्पबाट प्रमुख पर्यटकीय सहर एनिगुआमा रहेका सरकारी कार्यालयका र अन्य भवनहरु क्षतिग्रस्त भएका छन् । स्थानीय समय अनुसार बिहीबार बिहान ६ः३१ मा यस गएको यस भूकम्पको केन्द्रविन्दु प्रशान्त महासागरीय सहर पुइर्टो सान जोसे बाट ३८ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

यस भ्ूकम्पको कम्पन दक्षिणी मेक्सिको र एल साल्भाडोरमा पनि महसूस गरिएको सो संस्थाले बताएको छ । यस भूकम्पबाट मध्य ग्वाटेमालाको सहर एनिगुआमा कैयौँ ऐतिहासिक भनव अवस्थित रहेका छन् । यो सहर भूकम्पको केन्द्रविन्दु रहेको सहरजस्तै पुरानो र ऐतिहासिक हो । यस भूकम्पबाट व्यक्तिहरु मारिएका खबर भने हालसम्म प्राप्त नभएको तर यसबाट चार व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस÷सिन्ह्वा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rJ8bDp
via IFTTT

No comments:

Post a Comment