Friday, June 23, 2017

निर्दयी बाबु: जसले तान्त्रिकको कुरा सुनेर छोरीको कान काटिदिए

एजेन्सी । भारतको राजधानी दिल्लीमा एक बाबुले तान्त्रिक बाबाको अन्धविश्वासको पछि लागेर आफ्नी ३ वर्षीया छोरीको कान काटिदिएका छन्। ती युवा नेपाली मूलका रहेको भरतीय संचारमाध्यम दैनिक जागरणले लेखेको छ ।

राति सपनामा तान्त्रिक बाबा आएर आफ्नो छोरीको कान काटेमा राम्रो हुने बताएपछि ती युवकले बिपनामै छोरीको कान काटिदिएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। समाचारका अनुसार अन्धविश्वासको पछि लागेर कान काटिदिएकी बालिकालाई गम्भिर अवस्थामा अस्पताल पुर्याइएको थियो।

उक्त घटना थाहा पाएपछि बालिकाको उपचारमा संलग्न अस्पतालका चिकित्सकनै आश्चर्यचकित बनेका थिए। घटनाको खुलासा भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको थियो। घटनाको जानकारी पाएपछि बालिकाका बाबुलाई प्रहरीले पक्राउ गरेको छ। dcnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2s5txuk
via IFTTT

No comments:

Post a Comment