Tuesday, July 25, 2017

बलिउडका यी कलाकार जो ‘रिल’मा मात्र होइन ‘रियल’मा पनि जीनसाथी !

एजेन्सी । बलिउडको टेलिभिजनमा निकै चर्चित जोडी जो बास्तकि जीवनमा पनि जीजनसाथी हुन् । जसले आफूहरुबीच प्रेम रहेको कुरा सार्वजनिक रुपमा भनेका त छैनन्। तर, लामो समयदेखिको चर्चाले उनीहरुबीच प्रेम रहेको कुरा स्पष्ट पार्छ।

अविका-मनिष :
‘बालिका बधु’मा आनन्दीको भूमिका निभाउँदा चर्चित बनेकी अविका गौर आफ्नै सहकर्मी कलाकारसँग प्रेममा छिन्। टेलिभिजन शो ‘ससुराल सिमर का’मा मनिष रायसिंघानीसँग मुख्य जोडी निभाउने क्रममा उनको प्रेम परेको हो। रोचक कुरा के भने, यी दुईबीच १८ वर्षको उमेरअन्तर छ। आफूहरुबीच प्रेम रहेको कुरा सार्वजनिक रुपमा नभनेपनि नजिककासँग उमेरअन्तरले केही फरक नपर्ने बताउँछन्।

करण–क्रिस्टल :
‘एक हजारों में मेरी बहन है’ मा मुख्य जोडीको भूमिका निभाउने क्रममा करण ट्रयाकर र क्रिस्टल डिसुजाबीच प्रेम भएको थियो। उनीहरुले पनि सार्वजनिक रुपमै प्रेम रहेको कुरा बोलेका त छैनन् तर विगत चार वर्षदेखि हरेक समारोहमा सँगै देखिन्छन्।

माेनी–मोहित :
‘देवों के महादेव’मा माेनी राय र मोहित रैनाको जोडी धेरैले मन पराएका थिए। पर्दाबाहिर पनि उनीहरुबीचको निकटताका कारण उनीहरुको प्रेम रहेको ठोकुवा गर्ने धेरै छन्। उनीहरु भने आफूहरु प्रेम जोडी नभएको बताउँछन्।

जेनिफर–गौतम :
जेनिफर विन्गेट र गौतम रोड तीन वर्षअघि बलिउड निर्देशक सञ्जयलिला भन्सालीले बनाएको सिरियल ‘सरस्वती चन्द्र’ मा सँगै देखिएका थिए। बताइएअनुसार सुरुसुरुमा उनीहरुको सम्बन्ध राम्रो थिएन। समय बित्दै जाँदा उनीहरु नजिकिए र सम्बन्ध साथीको भन्दा माथि हुन पुग्यो। सरस्वति चन्द्र बन्द भएपछि गौतम ‘महाकुम्भ’ तिर लागे। त्यतिबेला पनि उनले जेनिफरलाई पुरा साथ दिए। यी दुई अचेल पनि साथसाथ देखिन्छन् तर प्रेम रहेको कुरा सार्वजनिक रुपमा भनिसकेका छैनन्।

स्मिता–पर्ल :
सन् २०१५ को सुरुवातिमा सुरु भएको सिरियल ‘फिर भि न मानेँ बद्तमिज दिल’ मा स्मिता सुद र पर्ल वि पुरी मुख्य जोडी थिए। शो तीन महिनामै बन्द भयो तर उनीहरुको सम्बन्ध झन्झन् बलियो हुँदै गयो। सुटिङमा उनीहरु एक–अर्काको खुबै ख्याल राख्थे। उनीहरुले एक–अर्काको आमाबाबुलाईसमेत भेटिसकेका छन्। उनीहरु हाल एक–अर्कालाई राम्रो साथी मात्र भन्न रुचाउँछन्।

जिज्ञासा–अंकित :
‘थपकी प्यार की’ का ध्रुव ९अंकित बाटला० र थपकी ९जिज्ञासा सिंह० रियल लाइफमा पनि प्रेममा छन्। केही समयअघि अंकितको जन्मदिनमा जिज्ञासाले सरप्राइज पार्टी योजना बनाएकी थिइन्। एक अन्तरवार्तामा जिज्ञासाले अंकित आफूसँग रहँदा साह्रै खुशी लाग्ने बताएकी थिइन्। नेपालीपत्रबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tHjMb6
via IFTTT

No comments:

Post a Comment