Tuesday, July 4, 2017

कोरियाले गर्यो थप १० हजार नेपाली कामदार लैजाने घोषणा,

काठमाडौँ। श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग आज भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो व्यक्त गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला कामदारको माग वृद्धि गर्नेजस्ता विषयलाई प्राथमिकता दिन राजदूतसँग आग्रह गरेको थियो ।

मन्त्री मन्सुरले भन्नुभयो, “नेपालबाट मेडिकल पास भएर गएकाहरु त्यहाँ फेल भएको, कोरियामा कार्यरत नेपाली कामदारको मृत्यु दर र आत्महत्यामा वृद्धिको विषयमा समेत हामीले राजदूतकोे ध्यानाकर्षण गराएका छौँ ।”

सन् २००७मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएपछि सो प्रणालीमार्फत हालसम्म ३५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका छन् । सन् २०१८का लागि कोरियाले थप १० हजार कामदार लैजाने घोषणा गरेको छ ।

जवाफमा राजदूत सिकले नेपालले उठाएका विषय आफूले गम्भीरतापूर्वक लिएको तथा आफ्नो सरकारसमक्ष ती विषय पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

नेपालले सफलतापूर्वक पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा कोरियाली राजदूतले खुसी व्यक्त गर्नाका साथै नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tFtKJj
via IFTTT

No comments:

Post a Comment