Saturday, July 1, 2017

लीओनेल मेस्सीको अर्जेन्टिनामा ‘शताब्दी विवाह’

अर्जेन्टिनाका फुटबल नायक ३० वर्षीय लीओनेल मेस्सीले २९ वर्षीय एन्टोनेला रोकुजोसँग उनीहरुको गृहनगर रोजारियो शहरको विलासी होटलमा विवाह गरेका छन्।

आमन्त्रित २६० पाहुनामा फुटबल नायक र प्रख्यात व्यक्तिहरु थिए।

समारोहका लागि सयौं प्रहरी तैनाथ गरिएको थियो।

अर्जेन्टिना र बार्सिलोनाका खेलाडी मेस्सीले रोकुजोलाई स्पेनमा बसाइ सर्नु अघि भेटेका थिए।
पाहुनाहरु

पाहुनाहरुमा बार्सिलोनाका सहकर्मी लुइ स्वारेज, नेइमार, जेरार्ड पीक र उनकी श्रीमती कोलम्बियाकी पप गायिका शाकिरा थिए।

केही पाहुनाहरु प्राइभेट जेटमा उडेर रोजारियो पुगेका थिए।

अर्जेन्टिनाको अखबार क्ल्यारिनले विवाहलाई ‘वर्ष विवाह’ र ‘शताब्दी विवाह’ भन्दै आएको छ।

आयोजकहरुका अनुसार १५० जना पत्रकारहरुले विशेष पास पाएपनि आयोजनास्थलमा पूर्ण पहुँच भने पाएनन्।

मेस्सीले रोकुजोलाई पाँच वर्षको उमेरमै भेटेका थिए। रोकुजो मेस्सीका सबभन्दा मिल्ने साथी लुकास स्केलीयाकी नातेदार बहिनी हुन्।

मेस्सीले १३ वर्षको उमेरमा बार्सिलोनाका लागि खेल्ने प्रस्ताव स्विकारेका थिए तर त्यसका लागि उनको शर्त थियो उनमा देखिएको हर्मोन सबन्धी समस्याको उपचारको खर्च उसले बेहोर्नुपर्छ।

१४ वर्षको उमेरमा उनी स्पेनमा बसाइसराइ गरेका थिए।

अहिले बार्सिलोनामा बसोबास गर्ने उनीहरुका दुई छोरा छन्। BBC

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tvYA76
via IFTTT

No comments:

Post a Comment