Saturday, July 1, 2017

अनमोल केसीको नाममा अर्वाडको प्रचार, नाम चलेका कलाकारहरु नै अर्वाडमा नगएपछि के भन्लान् दर्शकले ?

काठमाडौँ । लण्डनमा आयोजना गरिएको बक्स अफिस अवार्डमा भुवन केसी, शिव श्रेष्ठ, श्वेता खड्का, दयाहाङ राई, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, अनमोल केसी लगायको तस्विर राखेर प्रचार गरिएपनि उनीहरुमध्ये कोही पनि त्यसतर्फ गएनन् ।

अवार्डको पोस्टरमा चल्तिका कलाकारहरुको नाम निकै आर्कषक ढंगले राखिएपनि त्यसमध्येका निर्माता निर्देशक तथा चर्चित कलाकार दीपकराज गिरीले सार्वजनिक समारोहका कुनै पनि अर्वाड नलिने घोषणा गरेका छन् भने अन्य कलाकारहरु ब्यस्तताका कारण त्यसतर्फ नगएको बुझिएको छ ।

स्रोतका अनुसार शनिबार आयोजना हुने बक्स अफिस अवार्डका लागि करिश्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, अनुप विक्रम शाही, बर्षा सिवाकोटी लगायत मात्रै नाम चलेका सेलिव्रेटीहरु भने अर्वाड समारोहमा सहभागी हुँदैछन् ।

ब्यानरमा फोटो राखिएका कलाकारहरु नहुँदा टिकट काटेका दर्शकले कस्तो प्रतिक्रिया जनाउँलान् त्यो भने केही घण्टामा नै थाहा लाग्नेछ । etajakhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sey66d
via IFTTT

No comments:

Post a Comment