Tuesday, July 4, 2017

एयर एसियाको बिमानमा चरा ठोकिँदा यात्रुको रुवावासी

काठमाडौं, २‍‍‍‍० असार । एसियाको बिमानमा चरा ठोकिएपछि आपतकालीन अवतरण गराइएको छ । अष्ट्रेलियाबाट मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको एयरमा चरा ठोक्किँदा अपातकालीन अवतरण गराइएको हो । बिमानमा खराबी आएपछि चालक दलले बिमानलाई अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गराइएको हो ।

३ सय ५९ जना यात्रु रहेको एयर एसियाको बिमान उडान भरे लगत्तै इन्जिनमा ठूलो आवाज आएको थियो । बिमानमा स्पार्क भएपछि यात्रुहरुबीच रुवावासी चलेको बताइएको छ । बिमान अवतरणपछि बिमानस्थलमा दुई वटा चरा भेटिएका थिए । एजेन्सी

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ulX3y9
via IFTTT

No comments:

Post a Comment