Monday, July 3, 2017

अरबी मुलुकको कतारलाई ४८ घण्टे अल्टिमेटम

एजेन्सी, १९ असार । कूटनीतिक सम्बन्ध तोडेको अरबी मुलुकले आफूहरुको शर्त पूरा गर्न कतारलाई ४८ घण्टे अल्टिमेटम दिएका छन् । यसअघि दिइएको समयलाई थप गर्दै उनीहरुले शर्त पूरा गर्न ४८ घण्टाको समय उपलब्ध गराएका हुन् ।

साउदी अरब र अरु तीन अरबी मुलुकले कतारविरुद्धको प्रतिबन्ध हटाउन राखेको शर्त पूरा गर्ने समय थप ४८ घण्टा बढाएका छन् ।

कतारले आतंकवादीलाई सहयोग गरेको आरोप लगाएका ती अरबी मुलुकले कतारी लगानी रहेको अल जजिरा टेलिभिजन बन्द गर्नुपर्ने, इरानसँगको सम्बन्ध तोड्नु पर्ने, कतारमा रहेको टर्किस सेनाको अखडा बन्द गर्नुपर्ने शर्त राखेका छन् । कतारसँग उक्त शर्त राख्ने मुलुकहरुमा साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट रहेका छन् ।

उनीहरुको जवाफ दिन कतार आन्तरिक छलफलमा रहेको छ । सोमबार अबेरसम्ममा कतारले अरबी मुलुकहरुलाई जवाफ पठाउने तयारी गरेको बताइएको छ । यद्यपी ती अरबी मुलुकहरुको शर्त यसअघि यसअघि कतारले अस्वीकार गरेको थियो ।

कतारका विदेशमन्त्री शेख मोहम्मद विनले १३ बँुदे सर्त अस्वीकार गर्दैै वार्तामा बस्न भने तयार रहेको बताएका छन् । तर ती अरबी राष्ट्रहरुले शर्त पूरा नगरे थप नाकाबन्दी सामना गर्न कतारलाई भनेका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sxV2ld
via IFTTT

No comments:

Post a Comment