Monday, July 3, 2017

एस्तो रहेछ रेखा ले लगाउने सिन्दुर को राज ! आखिर कस्को नामको हो त ? जान्नुहोस्

एजेन्सी । भारतीय अभिनेत्री रेखा सँधैजसो आफ्नो सिउँदोमा सिन्दुर लगाएर हिड्छिन्, तर कसको नामको सिन्दुर लगाउँछिन् कसैलाई थाहा छैन। पछिल्लो समयमा अभिनेत्री रेखाको जीवनमा आधारित किताब ‘रेखा दअनटोल्ड स्टोरी’लाई लिएर बलिउडमा हंगामा मच्चिएको छ । यस किताबमा उनको जिन्दगीसँग जोडिएका सम्पूर्ण रहस्यको पर्दा उठेको छ ।

तर, किताबमा लेखिएको छ, ‘जब अमिताभ रेखादेखि टाढा भए र विनोद मेहरासँगको रेखाको वैवाहिक सम्बन्ध पनि समाप्त भयो, तब उनी एक्ली भइन् । त्यस समय संजय दत्त फिल्म ‘जमीन–आसमान’को सुटिङ गर्दै थिइन् । त्यस समय रेखा र संजय दत्त नजिकिएका थिए र दुवै जना एक–अर्कासँग प्रेम गर्न थाले ।’

त्यस्तै अगाडि लेखिएको छ, ‘फिल्म सुटिङ सकिँदा नसकिँदै दुवैले विवाह गरे । दुवै जना घरबाट टाढा, गायब रहे र आ–आफ्नो घरमा केही बताएनन् । तर, जब रेखा र संजय दत्तको विवाहको कुरा सुनिल दत्त, संजयका बुबाले थाहा पाए, उनी निक्कै रिसाए । उनले संजय दत्तलाई खोजे र रिचा शर्मासँग विवाह गरिदिए ।’

रेखा संजय दत्तभन्दा ५ बर्ष जेठी छिन् । खबरलाई मान्ने हो भने रेखाले संजय दत्तको नामको सिँदुर आफ्नो सिउँदोमा लगाउँछिन् । यो किताब यासीर उस्मानले लेखेका हुन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tjYvRn
via IFTTT

No comments:

Post a Comment