पाल्पा, असार १८ – स्थानीय तहको चुनावका लागि नेकपा एमालेले एउटा गीत बनाएको थियो ।
हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने ।
हजुरआमा भन्नुहुन्छ, एमाले हो पाल्ने ।।
भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले ।
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले ।
भोट केमा सूर्यमा, भन्छन् आमा बाले ।
सहि पनि एमाले मै पनि एमाले ।।
गाउँशहर जतातजै एमालेले यहि गीत घन्कायो । गीतको प्रभावले नै कतिपय ठाउँमा एमालेले मत बटुलेको पनि थियो । फेसबुकसहित सामाजिक सञ्जाल र युट्युवमा मात्र होइन एमालेका नेता तथा कार्यकर्ताको मोबाइलमा पनि यहि गीत घन्कन्थ्यो भने एमालेका हरेक ठूला सभामा यो गीत गाउने गरिन्थ्यो । त्यो गीत गाउन मञ्चमा लोकगायक बद्री पंगेनी उक्लिने गर्थे । उनी यो गीतका गायक पनि भएकाले धेरैले पंगीनीलाई एमाले नै ठान्छन् । तर पंगेनीले भने आफू एमाले हुँ भनेर खुलेका छैनन् ।
तर गीत गाएर देशैभरी एमालेको पक्षमा जनमत बटुल्ने बद्री पंगेनीकै वडामा नै एमालेले हारेको छ । पाल्पाको रामपुर नगरपालिका वडा ८ हो पंगेनीको घर । उनै लोक दोहोरी गायक पंगेनीको वडामा नेपाली काग्रेसका बोमबहादुर नाम्जाली बिजयी हुनुभयो । रामपुर ८ मा खुला वडा सदस्यमा एमालेका कमलराज भट्राई विजयी भए पनि वडाअध्यक्षसहितका सबै पदमा नेपाली कांग्रेसले जितेको हो ।
आफ्नो मतदाता नामावली रहेको रामपुर ८ मै पुगेर भोट दिएका गायक पंगेनीले उज्यालोअनलाइनसँगको कुराकानीमा गीत चर्चित हुनु र आफ्नो वडामा एमाले हार्नुमा कुनै तालमेल नभएको प्रतिक्रिया दिए । ‘म कुनै पार्टीको पदमा छैन, समर्थक पनि हैन’ उनले भने ‘प्रधानमन्त्री शेरबाहादुर देउवाकै ठाउँमा एमाले बिजयी भएको छ, एमाले अध्यक्ष ओलीकै ठाउँमा कांग्रेसले जितेको छ, मेरो वडामा एमाले हारे पनि कुनै फरक पर्दैन ।’
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2sCu1Ix
via IFTTT
No comments:
Post a Comment