Saturday, July 29, 2017

प्रेमगीतले ५१ दिनसम्म गरेको ब्यापार प्रेमगीत २ ले १ दिनमा नै गर्यो : निर्माता सेन

काठमाडौँ । शुक्रबारबाट देशभरका ८० बढी पर्दामा रिलिज भएको चलचित्र प्रेमगीतले सोचेभन्दा पनि राम्रो प्रतिफल निकालिरहेको छ । निर्माण यूनिटका अनुसार रिलिजको पहिलो दिन नै चलचित्रले १ करोड २५ लाख बढीकिो ब्यापार गर्न सफल भएको छ । प्रेमगीत २ ले नेपाली बक्सअफिसमा सुखद ओपनिङ गरे लगत्तै आज शनिबार पनि निर्माण यूनिटले विशेष अपेक्षा मात्रै गरेको छैन बिदाको दिन टिकट नपाएपछि ५ सय भन्दा बढी मूल्यमा ब्ल्याकमा टिक बिक्रि भइरहेको बताइएको छ ।

क्यूएफएक्सको काठमाडौं र मोफसल प्राय जसो हल हाउसफूल रहे । मुख्य मल्टिप्लेक्सले शुक्रबार प्रदीप खड्का स्टारर ड्रामालाई १६ सोज दिएको थियो । शनिबार पनि उति नै सोज छन् नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदा समेत फिल्मलाई पुग्यो । हलिउड र बलिउडकै ठूलो सिनेमा रिलिज नहुँदाको अर्को फाइदा पनि मिलेको छ।

रिलिज भएको पहिलो दिनका सबै शो हाउसफुल भए सन्तोष सेनले प्रेमगीतले ५१ दिनसम्म गरेको ब्यापार प्रेमगीत २ ले १ दिनमा नै गरेको जानकारी दिए । ६ सनाको टिमको अहोरात्रको मेहेनतले आजको नजिता निकाल्न सफल भएको निर्माता सेनको भनाई रहेको छ । देशभरका ८० पर्दाबाट पहिलो दिनमा नै अद्भुत ब्यापार गर्दै रेपछि आफ्नो सम्पूर्ण टिम र शुभेच्छुकहरुलाई धन्यवाद दिँदै निर्माता सेनले फेसबुकमा यसो भनेका छन् ।

हिजो सम्म मन् मा डर थियो .. राम्रो मेहनत गरेर फिल्म बनाउदा सोचे जस्तो सफल्ता पाएको थिएन तर जुन सपना देखेको थिए त्यो आज वास्तबिक् मा बद्लिएको छ … म आम् दर्शकको लागी चलचित्र

निर्माण गर्छु दर्शक ले १० मा ९ दिनुहुन्छ या १० नही दिनुहुन्छ भने त्यो भन्दा खुशीको कुरा के हुनसक्छ र …? वास्तबिक हिट् भन्ने कस्तो हुने रहेछ जुन महीले चाख्न पाएको नरहेछु जुन आज पाएको छु ा

प्रेम गीत ले ५१ दिन सम्म गरेको व्यापार प्रेम गीत २ ले एक दिन मा गरेको छ । धेरै सङ्घर्स ठुला ठुला पाहाड चिडेर निस्केको छु ..
यो सफलताले अझै ठुलो जिम्मेवारी थपिएको छ मेरो काध् मा सबैलाई खुशी बनाउन सक्दिन तर इमान्दारीता पुर्वक मेरा दर्शकहरुलाई खुशी पार्न रगत पसीना बगाएर लागी पर्नेछु …. मेरो सम्पुर्ण ६००

जना टिम् जस्ले प्रेम गित२ आफ्नो सम्झेर लाग्नु भयो मन देखी धेरै धेरै आभार् ा अनी मेरो टिम् लाइ जस्ले जस्ले खिल्लीको पात्र बनाउनु भयो सबैलाई माया मन् बाट . सम्पुर्ण आफ्नै उध्धोगसम्झेर

हामीलाई साथ् दिनुहुने मिडीया साथीहरुलाई मन देखी धन्यवाद यसरी साथ् दिनुभयो भने उध्धोग धेरै माथी जानेछ सबैलाई एक गरौ एउटै परीवार हो हामी …….

http://ift.tt/2v8YMJS

from SHYANE http://ift.tt/2eVDIke
via IFTTT

No comments:

Post a Comment