Saturday, July 29, 2017

चिनियाँ टोलीले भन्यो – नेपालमा उत्पादन हुने कृषि तथा पशुजन्य सामान लैजान्छौँ, सूची दिनुहोस्..

रसुवा, साउन १४ – नेपालबाट चीनमा लैजान सकिने सामानको सूची उपलव्ध गराउन चिनियाँ टोलीले आग्रह गरेको छ । रसुवाको सदरमुकाम धुन्चेमा शनिबार बसेको सीमा सुरक्षा बैठकमा नेपालमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु निर्यात गर्न तयार रहेकोले पहिलो चरणमा सामानको सूची उपलब्ध गराउन चिनियाँ टोलीले आग्रह गरेको हो ।

नेपालबाट जारी गरिने फाइटो स्यानिटरी प्रमाणपत्रका आधारमा सागसब्जी, मासुजन्य पदार्थ, बोडी, सिमी, आलुलगायतका सामान चीनतर्फ सहज रुपमा निकासी गर्ने वातावरण सिर्जना गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

नेपालको तर्फबाट सामानको सूची उपलव्ध गराएपछि गुणस्तर परिक्षणका लागि चिनियाँ टोली आउने सहमति भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । रसुवागढी नाकामा रहेको क्वारेन्टाइनलाई थप व्यवस्थित गरी दुई देशको व्यापार सहज बनाउका लागि समन्वय संयन्त्र तयार गरिने बताइएको छ ।

सीमा नाकामा हुन सक्ने मानव वेचविखन, लागुपदार्थ ओसार पसार, वन्यजन्तुको अंगहरुको निकासी, बहुमूल्य जडिवुटी तथा अवैध सुन नियन्त्रणका लागि नाकामा गस्ती निगरानी बढाउने तथा जाँचमा कडाई गर्ने विषयमा समेत छलफल भएको छ । ujyaaloonline

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tSa3Pj
via IFTTT

No comments:

Post a Comment