Saturday, July 29, 2017

दर्शक भन्छन्, यस्तो राम्रो नेपाली चलचित्र भएपछि कस्ले हेर्छ हिन्दि ? ९ बर्ष पछी पहिलो पटक हलमा नेपाली मुभि हेर्न आए प्रेम गीत-२ ले मन लुट्यो – दर्शक (भिडियोसहित)

काठमाडौं – अभिनेता प्रदिप खड्का मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेमगीत २’ रिलिज भएको छ। साउन १३ गते शुक्रबारबाट रिलिज भएको चलचित्रको इनिसियल ब्यापार निकै आक्रमक रहेको छ। करिव २ बर्षपछी पर्दामा फर्किएका प्रदीपको क्रेज निकै लोभलाग्दो देखिएको छ। ‘प्रेमगीत’ चलचित्रमा देखिएका प्रदीपले यहि चलचित्रको लागि करिब २ बर्षसम्म मिहेनत गरेका थिए।

उनको मिहेनत र क्रेजको कमाल चलचित्रमा देखिएको छ। शुक्रबारको शोमा नै दर्शकहरु टिकट नपाएर फर्किएको भेट्टिएका थिए। दर्शकले प्रदीपलाई अबको नयाँ स्टारको रुपमा परिभाषित गरेका थिए। अवको स्टार अनमोल केसी नभई प्रदिप खड्का भएको दर्शकले बताएका छन्। चलचित्र हेर्न आउने दर्शक संग हामीले कुरा गर्दा केहि दर्शकले भने ९ बर्ष पछि नेपाली चलचित्र हेर्न हलमा आएको छु सारै राम्रो लग्यो भनेर उनले यस चलचित्रको तारिफ गरेका छन् ।

त्यस्तै अन्य दर्शक संग हामीले कुराकानीकै क्रममा सोधेका थियौ हिन्दि चलचित्र राम्रो लग्यो की नेपाली भन्ने प्रश्नमा उनीहरुको उत्तर थियो यस्तो राम्रो नेपाली चलचित्र भएपछि अब कस्ले हेर्छ हिन्दि ? नेपाली भएपछि अब नेपाली चलचित्र हेर्नु पर्छ भन्ने उनीहरुको भाव थियो बाँकि एक भिडियो रिपोट तल हेर्नुहोस

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vaCGae
via IFTTT

No comments:

Post a Comment