Sunday, July 30, 2017

विश्वको एक मात्र ‘नर्क मन्दिर’ जहाँ पापीहरुलाई सजायँ दिइन्छ

मन्दिर शब्द सुन्नेवित्तिकै सबैको मनमा देविदेवता, मुर्ती र पुजाआजा लगायत कुराहरु खेल्न थाल्छन् । तर एसियाको दक्षिण पूर्वीे देश थाइल्याण्डमा भने अनौठो मन्दिर रहेको छ, जहाँ स्वर्ग नभएर नर्क दर्शनको लागी मानिसहरु पुग्ने गर्दछन् । त्यहाँ पुग्ने मानिसहरु कुनै देवताको पूजा गर्ने नभई मृत्यु पश्चात भोगिने पापको सजायँ हेर्न जान्छन् । थाइल्याण्डको चियाग शहरमा रहेको यो मन्दिरमा मृत्युपश्चात दिने पीडादायी सजायहरु मुर्तीमा कुँदिएका छन्।

यो मन्दिर सनातन हिन्दु तथा बौद्ध धर्मबाट प्रेरित छ । थाइल्याण्डको राजधानी बैंककदेखि ७०० किलोमिटर टाढा रहेको चियाग शहरमा करिब ३०० हिन्दु मन्दिर रहेका छन् । तीनै मन्दिरहरुको भीडमा रहेको यो मन्दिर विश्वको एउटा मात्र ‘नर्क मन्दिर’ हो ।

बौद्ध भिक्षु प्रा क्रु विशानजोलकानले प्राचीनकालमा यो मन्दिर बनाएका थिए ।

उनी सबैलाई बचाउन चाहन्थे, सबैलाई स्वर्ग देखाउन चाहन्थे। पाप गर्दा व्यक्तिले पीडादायी अवस्था भोग्नुपर्ने उनी बुझाउन चाहन्थे। त्यसैले उनले मृत्युपश्चात व्यक्तिको आत्माले भोग्ने दुख देख्न सकिने गरि ‘नर्क मन्दिर’ निर्माण गरेका थिए । यहाँ देविदेवताको मुर्ति बनाइएको नभई मृत्युपश्चात नर्कमा दिइने यातना झल्किने मुर्तिहरु स्थापित छन्।

यो मन्दिरमा भक्तजनहरु आफ्नो पापको प्रायश्चित गर्न पुग्छन्। मन्दिरको भयावह मुर्तिहरु देखेपश्चात काम, क्रोध, लोभ अनि दुर्व्यसनी जस्ता पापहरु गर्ननहुने त्यहाँ पुग्नेहरुले मनमा जाग्ने विश्वास गरिन्छ।

source:nepaliheadlines

http://ift.tt/2vkewKX

from SHYANE http://ift.tt/2wcvVBN
via IFTTT

No comments:

Post a Comment