Wednesday, July 26, 2017

चलचित्र ‘रुद्र’ हेरेपछि दर्शकको यस्तो प्रतिक्रिया

काठमाडौँ। शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र रुद्रको आज प्रिमियर शो गरिएको छ।

नायक निखिल उप्रेतीले निर्माण गरेको चलचित्रको नयाँबसपार्कस्थित बिजी मलमा प्रिमियर शो गरिएको हो। साँझ पाँच बजेबाट सुरु भएको उक्त शो हेर्न नायिका रेखा थापा, संचिता लुइटेल, गायकगायिका, पत्रकार तथा दर्शकहरुको उपस्थिती थियो।

शो हेरेपछि उनीहरुले रुद्र निकै राम्रो चलचित्र बनेको प्रतिक्रिया दिएका छन्। प्रेम कथा र एक्सनमा आधारित भनिएता पनि रुद्रमा कमेडी पनि देख्न पाइनेछ। रामजी लामिछानेको निर्देशनमा बनेको यस चलचित्रमा निखिल पहिलो पटक भिलेनको रोलमा देखिएका छन्।

चलचित्रमा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, गोपाल कायस्थ, ज्याक श्रेष्ठ, अनिल पाण्डे लगायतका कलाकारहरुको समेत अभिनय छ।

डिसी नेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tEraAc
via IFTTT

No comments:

Post a Comment