Sunday, July 2, 2017

पोखरामा जमिन भासिएपछि सेती नदी थुनिने खतरा

पोखरा : पोखरामा यो बर्षकै सर्वाधिक बर्षा भएपछि विभिन्न स्थानमा पहिरो जाने र जमिन भासिने क्रम संगै पोखराको सेती नदीको डिल पनि भासिएको छ। सेतीको ५० मिटर दायाँबायाँ जोखिम क्षेत्रको घोषण गरी त्यस क्षेत्रमा घर बनाउँन नपाइने पोखरा महानगरपालिकाले मापदण्ड बनाए पनि कार्यान्वयन हुन सकेको छैन्।

जमिन मुनिबाट बगेको सेतीले भित्रभित्रै दायाँबायाँ धेरै कटान गरेकाले सेती किनारमा बनेका घर जोखिममा रहेको भुगोलविद् डा कृष्ण केसीको भनाइ छ।शनिबार परेको ठूलो बर्षापछि पोखराको घारिपाटन स्थित सेती डिलको ठूलो जमिन भासिदा वरपरका स्थानीय त्रसित बनेका छन्। भासिने क्रम बढे सेती नदीनै थुनिने खतरा समेत छ।

वर्षकै सर्वाधिक वर्षाले धेरै ठाउँमा पहिरो

देशकै सर्वाधिक धेरै पानी पर्ने पोखरामा यस बर्षकै सर्वाधिक बर्षा भएको छ। विगत २४ घण्टाको मापन अनुसार पोखरामा मुलुकमै सबैभन्दा बढी बर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरामा परेको पानीको आइतबार बिहान ९ बजेसम्मको मापन अनुसार यहाँ यस बर्षकै सबैभन्दा बढी १ सय ९१ मिलिमिटर बर्षा भएको हो। पोखरापछि दाङमा ८० , धनगढीमा ६५ र भैरहवामा ४३ मिलिमिटर बर्षा भएको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ।

पोखरामा यसअघि सन् २००१ अगष्ट १८ मा अहिलेसम्मकै सर्वाधिक ३ सय ५७ मिलिमिटर बर्षा भएको हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिनुभयो।annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sfvvJp
via IFTTT

No comments:

Post a Comment