Sunday, July 30, 2017

ब्रिटिस एक्टर माइकलको प्रेममा श्रुति हसन

काठमाडौँ । बलिउड अभिनेता कमल हसनकी नायिका छोरी श्रुति हसन हालै आफ्नो ब्रिटिस एक्टर प्रेमी माइकल कोर्सेलको साथमा देखिइन्। उनीहरु दुवै मुम्बईको एक रेष्टुरेन्टमा हात समाएर घुमिरहेको अवस्थामा देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

श्रुतिले भने अहिलेसम्म आफू माइकलसँग डेट गरिरहेको कुरा स्वीकार गरेकी छैनन्। तर उनीहरु दुवैको केमिस्ट्रिले भने यो कुरा लुकाउन नसकेको समाचारमा चर्चा गरिएको छ। भारतीय सञ्चार माध्यमद्वारा जब उनलाई यस बारेमा सोधियो उनले आफू यस्तो अफवाहको पछि नलाग्ने बताएकी थिइन्। ‘म न यस्तो कुराहरुमा ध्यान दिन्छु, न यसको बारेमा कुनै कमेन्ट नै गर्छु। यस किसिमको खबरबाट म निराश पनि हँुदिन। म आफैँ यस्ता अफवाहलाई इग्नोर गर्छु। किनभने म आफ्नो पर्सनल लाइफको बारेमा कसैसँग डिस्कस गर्न चाहन्न’ –श्रुतिले भनेकी छिन्।

भनिन्छ कि श्रुति र माइकल पछिल्लो ८ महिनादेखि डेट गरिरहेका छन्। श्रुति र माइकलको पहिलो भेट एक कमन फ्रेन्डमार्फत लण्डनमा भएको थियो। उक्त समय श्रुति एक ब्रिटिस रक ब्यान्डसँग एक गीत रेकर्डिङका लागि गएकी थिइन्। पहिलोचोटी एकअर्कालाई भेटेर उनीहरु निकै खुसी देखिन्थे। केही महिनाअघि पनि उनीहरु मुम्बई यएरपोर्टमा संगै देखिएका थिए। जुनबेला श्रुतिले आफूहरुको फोटो सामाजिक सञ्जालमा सेयर पनि गरेकी थिइन्। माइकल ब्रिटिस थिएटर आर्टिस्ट हुन्।नेपाल समाचारपत्र बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v8f2LK
via IFTTT

No comments:

Post a Comment