Saturday, July 29, 2017

सरकारले स्विकृती दिएको खण्डमा ‘धुमुर्स सुन्तली फाउन्डसन’ले नमुना नेपाल निर्माण प्रक्रिया अगाडी बढ्ने ….

भूकम्पपीडितका लागि तीन चरणको एकीकृत नमुना बस्ती निर्माण हस्तान्तरण गरेर आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को आफ्नो ‘धुमुर्स सुन्तली फाउन्डसन’ले गर्ने नयाँ काम ‘नमुना नेपाल’ ललितपुर जिल्लाको लेलेमा बन्ने लगभग पक्का भएको छ ।

बिभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ को लेले स्थित खाँवा डाँडामा फेला परेको सिताराम कट्टेल (धुर्मुस)ले फेसबुक मार्फत जानकारी गराएका छन ।

अब सरकारले स्विकृती दिएको खण्डमा नमुना नेपाल निर्माण प्रक्रिया अगाडी बढ्ने छ । फाउण्डेशनले सम्पुर्ण ललितपुरबासीको सहमति सहित संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रश्तावना पनि पेश गरिसकेको फाउन्डसनका अध्यक्ष समेत रहेका सिताराम कट्टेलले जानकारी दिए ।

सरकारले सकारात्मक भई यो राष्ट्रिय गौरवको परियोजनाको रुपमा स्विकार प्रदान गरी हामी सम्पुर्णलाई हौसला प्रदान गर्नेमा आफु बिस्वस्त रहेको धुर्मुसले बताए ।

सरकारले स्वीकृति दिएमा सबैको साझा प्रयासले तोकिएको समयमा नमुना नेपाल बन्ने धुर्मुसको विश्वास छ । साथै उनले नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि आजैदेखी हातेमालो गर्न सबैलाइ अनुरोध पनि गरेका छन ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tMCA4J
via IFTTT

No comments:

Post a Comment