Tuesday, July 25, 2017

नेपाल कति शक्तिशाली छ ?

१० साउन, काठमाडौं।

छिमेकमा भारत चीनको विवाद बढेर युद्धको चेतावनी दिने स्थितिसम्म पुगेको छ। भारत र पाकस्तिानबीच पनि हतियारको होडबाजी प्रशस्तै मात्रामा चल्ने गरेको छ।

उत्तर कोरिया इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिलसाइल (आईसिएमबी) को नजिक पुगिसकेको छ । अमेरिका र रसियाका हतियार परिक्षण पनि बेला बखत भइरहन्छ ।

समाचारमा आजकल हतियारका होडबाजी र देशहरुबीचका तनावका हुन्छन्। जडमा कुरा हुन्छ कुन देश कति शक्तिशाली छ ?

कुनै बेला गोर्खालीका नाममा संसार पिटेको नेपाल सैन्य हिसावले कति शक्तिशाली छ त ? चासोको विषय पक्कै हो ।

तर निरास भइहाल्नु पर्ने अवस्था भने पक्कै छैन् । ग्लोबल फायरपावरले जारी गरेको तथ्याङक अनुसार नेपालको सैन्य शक्तिका हिसावले ९७ औं नम्बरमा परेको छ।

यो संसारमा हाल २०० वटा भन्दा बढि मुलुक छन्। यसको सिधा अर्थ हो नेपालले संसारका आधा भन्दा बढि देशलाई युद्धमा हराउन सक्छ।

ग्लोबल फायर पावरले नेपाललाई पावर इन्डेक्समा १.९१४८ रेटिङ दिएको छ। ग्लोबल फायर पावर लेख्छ- ९५ हजार सक्रिय र ६२ हजार रिजर्भ गरि नेपालसंग १ लाख ५७ हजारको सैनिक तागत छ।

पुरा जनसंख्या मध्ये १ करोड १२ लाखभन्दा बढि संख्या सैनिक सेवाको लागि योग्य रहेको समेत उल्लेख गरिएको छ।

ग्लोबल फायर पावरले नेपालसंग २२ वटा सैनिक विमान र १८ वटा सैन्य हेलिकप्टर रहेको जनाएको छ । यसैगरि नेपालसंग १४८० वटा बख्तरबन्द गाडी रहको पनि उल्लेख गर्दै १२० वटा आर्टिलरी रहेको ग्लोबल फायर पावरले लेखेको छ।

ग्लोवल फायर पावरको शक्तिशाली देशको सुचिमा अमेरिका पहिलो नम्बरमा छ भने रसिया, चीन र भारत लगातार दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । nepaliheadlines

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2utKSBo
via IFTTT

No comments:

Post a Comment