Sunday, July 30, 2017

‘प्रेमगीत’ र ‘प्रेमगीत २’ मा प्रदीपको पारिश्रमिक कति ?

नायक प्रदीप खड्का युवापुस्ताका लोकप्रिय नायक हुन् । वर्ष २०७२ मा रिलिज भएको सुपरहिट लभस्टोरी फिल्म ‘प्रेमगीत’बाट नसोचेको सफलता हात पारेका प्रदीपको डेब्यू फिल्म भने ‘इस्केप’ हो । तर, प्रदीपका लागि यो फिल्मले करिअरमाथी उठाउन कुनै मद्दत गरेन । ‘इस्केप’ असफल भएपछि प्रदीपलाई निकै ठूलो डर थियो अब सायद आफ्नो फिल्मी यात्रामा पूर्णविराम लाग्यो । तर, भाग्यमानी प्रदीपको हातमा पर्‍यो फिल्म ‘प्रेमगीत’ ।

.
भूकम्प नआएको भए प्रदीपलाई फिल्म ‘प्रेमगीत’मा देख्न पाइँदैन्थ्यो । किनकी उनी अष्ट्रेलिया जाने लगभग अन्तिम तयारीमा थिए । भूकम्पले उनको भिषा प्रक्रिया ढिला भयो । त्यसैबेला उनको हात परेको हो फिल्म ‘प्रेमगीत’। पहिलो फिल्म ‘इस्केप’ले नै नराम्रो धक्का दिएपछि सायद प्रदीपले आफ्नो सुरक्षित भविष्य फिल्म क्षेत्रमा देखेनन् अनि सपनाको भारी बोकेर उनी अष्ट्रेलिया पलायन हुने सोचमा थिए ।

.

तर, उनीमाथि आँखा गाडियो निर्माता सन्तोष सेनको । निर्माता सन्तोष सेन पनि आफ्नो पहिलो फिल्म ‘चंखे शंखे पंखे’ फ्लप भएपछि एउटा हिट फिल्मको खोजीमा थिए । नभन्दै प्रदीप र सन्तोष दुवैलाई फाइदा भयो । ‘प्रेमगीत’ हिट भयो । अनि पूरा भयो प्रदीपको हिट हिरो बन्ने सपना भने सन्तोषको पनि हिट निर्माता बन्ने ।

.

त्यसपछि अनमोल केसीमाथी आँखा गडेका धेरै निर्माताहरुको रोजाईमा पर्न थाले प्रदीप । ‘प्रेमगीत’ हिट भएपछि उनलाई लाखौं पारिश्रमिकसहित दर्जनौं फिल्मबाट अफरको लर्को लाग्यो तर उनले सबै अस्वीकार गरे ।

.

अनमोल केसीले एक फिल्मका लागि २० लाख पारिश्रमिक लिएको खबरले सिनेवृतमा तातिरहेको अवस्थामा नायक प्रदीप खड्काको पारिश्रमिक चाँही कति होला ? सायद यो तपाईहरु पनि जान्न इच्छुक हुनुहुन्छ । ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै भने, ‘प्रेमगीतमा मैले प्रदीपलाई २ लाख दिएको थिएँ । यस्तै ‘प्रेमगीत २’ मा प्रदीपलाई ८ लाखमा साइन गरेको हुँ । नयाँ फिल्म ‘दीपेन्द्र सरकार’का लागि भने अहिले नै पारिश्रमिको टुंगो लागेको छैन । ‘प्रेमगीत २’ रिलिज भएपछि प्रदीपसँग पारिश्रमिकको विषयमा औपचारिक कुराकानी हुनेछ ।’

.

साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को प्रमोशनमा व्यस्त नायक प्रदीप खड्का निर्माता सन्तोष सेनले दिएको पारिश्रमिकको जानकारी वास्तविक रहेको बताए । ‘प्रेमगीत’ हिट भएपछि ६ लाख पारिश्रमिक बढाएका प्रदीपले ‘प्रेमगीत २’ हिट भएपछि अझ कति बढाउनेछन् सायद त्यसले निर्माताको होस नउड्ला भन्न सकिन्न ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u911Jg
via IFTTT

No comments:

Post a Comment