Thursday, August 3, 2017

प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीको टाउको छिनाएर हत्या

एजेन्सी। एकतर्फी मायामा पागल भएका एक व्यक्तिले आफ्नो प्रेम अस्वीकार गरेपछि युवतीको टाउको छिनेर हत्या गरेका छन्। उनले युवतीको घरमै छिरेर धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेका हुन्।

यो घटना भारतको राजस्थानस्थित बाँसवाडा भन्ने स्थानको हो। हत्या भएको केही समयपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

१९ वर्षीया वैशाली नाम गरेकी ती युवतीले १२ कक्षा पास गरेर थप पढाइको तयारी गरेकी थिइन्। उनले घरको आंगनमा कपडा सुकाइरहेकी थिइन्। त्यही बेला अचानक जगदिस नाम गरेका २२ वर्षीय युबक आएर गर्घनमा धारिलो हतियार प्रहार गरे।

उनलाई देखेर घरमा काम गर्ने महिलाले देखेर चिच्याइन्। तर उनले युवतीको टाउको छुट्याइसकेका थिए। महिलाको आवाज सुनेपछि दौडिदै आएका युवतीका हजुरआमा र बाबुले छोरीको हालत देखेर बेहोस भएका थिए।

छिमेकीले प्रहरीलाई जानकारी गराएपछि घटनाको खबर पाएको केही समयपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो। दुबैले उच्चमाबी राजकीय स्कुलमा अध्ययन गर्ने गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मानसिक रोगी समेत रहेका आरोपी युवकले युवतीलाई एक तर्फी प्रेम गर्दै आएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।नेपाल समाचारपत्रबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vnSery
via IFTTT

No comments:

Post a Comment