Thursday, August 17, 2017

एयरपोर्टमा क्यामेरा देख्ने बित्तिकै एकाएक ऐश्वर्याकी छोरी क्याटवाक गर्न थालिन्

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन अष्ट्रेलियामा आयोजना भएको ‘इन्डियन फुड फेस्टिवल मेलबर्न’ मा सहभागी भएर बुधबार मुम्बई फर्किएकी छिन्।

ऐश्वर्या आफ्नी छोरी आराध्या बच्चन सँग अष्ट्रेलिया गएकी थिइन्। अरुबेलामा आरध्या मिडियाहरु सँग डराएको र लजाएको अवस्थामा देखिने गरेकी थिइन्। तर बुधबार भने आरध्या अलग्गै अबतारमा प्रस्तुत भइन्।

बुधबार एयरपोर्टमा जब ऐश्वर्या र उनको छोरी माथि फोटोग्राफरहरुको क्यामेरा तेर्सिन थाल्यो आरध्या एकाएक आफ्नो पोज दिन थालिन्। त्यतिमात्रै होइन आरध्याले ‘क्याटवाक’ समेत गरिन्। त्यतिबेला आरध्यालाई आमा ऐश्वर्याले हातमा समातेकी थिइन्।

आराध्याको यस्तो हर्कत देखेर त्यहाँ वरिपरि रहेका सबै अचम्म मानिरहेका थिए र सबैले यो दृश्य आफ्नो क्यामेरामा कैद गरिरहेका थिए।

पाँच बर्षकी आरध्या अष्ट्रेलियामा भएको फुड फेस्टिवलमा आमा ऐश्वर्याको वरिपरि घुमिरहेकी थिइन्। जुन भिडियो भाइरल भएको थियो।

The post एयरपोर्टमा क्यामेरा देख्ने बित्तिकै एकाएक ऐश्वर्याकी छोरी क्याटवाक गर्न थालिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2x815ed
via IFTTT

No comments:

Post a Comment