Tuesday, August 22, 2017

भारतीय सेनाको आक्रमणमा चिनियाँ सैनिक घाइते, चीनको कडा चेतावनी

काठमाडौं, ७ भदौ । भारत–चीन सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलको आक्रमणमाआफ्ना सैनिक घाइते भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

दुई देशको सीमा क्षेत्र पनगोंग ताल नजिक दुई देशबीचका सैनिकहरुले एक–आपसमा ढुंगा हानाहानको भिडियो सन्चारमाध्यममा सार्वजनिक भएपछि विदेश मन्त्रालयलले आफ्ना सैनिकहरु घाइते भएको बताएको हो ।

पिपुल्स डेलि चाइनाका अनुसार विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनवींगले अघिल्लो मंगलबार चिनियाँ सैनिकहरु पनगोंग ताल नजिक दुई देशबीचको सीमा क्षेत्र रेखाभित्रको आफ्नै भु–भागमा नियमित गस्तीको क्रममा हिँडिरहेका बेला एक्कसी भारतीय सीमा सुरक्षा बलले अवरोध गर्दै ढुंगा बर्साएको बताएकी छन् ।

प्रवक्ता चुनवींगले सामान्य विवादमा भारतीय सैनिकले भंयकर कारबाही गरेपछि शारीरिक रुपमै प्रतिकार गर्दा चिनियाँ सैनिक घाइते भएको बताइन् । विदेश मन्त्रालयले जुन सिद्धान्तले भारत चीनको सीमा क्षेत्रमा घुस्न खोजिरहेको छ, त्यहि सिद्धान्तलाई आधार मान्दै चीन भारतको सीमा क्षेत्रमा घुस्ने अवस्था आए भारतले चर्को मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिएको छ ।

भारत र चीनबीच डोक्लम सीमा क्षेत्रमा देखिएको समस्या अहिले पश्चिम सीमा क्षेत्र लद्दाखसम्म देखिएको छ । पछिल्लो समय दुईदेशबीचको टकराब उत्कर्ष तर्फ लम्किदै गएको बताइएको छ । एजेन्सी

The post भारतीय सेनाको आक्रमणमा चिनियाँ सैनिक घाइते, चीनको कडा चेतावनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vdibqi
via IFTTT

No comments:

Post a Comment