Friday, August 11, 2017

बलिउड क्षेत्रमा बाहुबलीले लगाएको ग्रहणलाई अक्षकुमारले हटाउने संकेत

एजेन्सी । बहुबली-२ प्रदर्शनमा आएदेखि बलिउड क्षेत्रमा ग्रहण लागेको थियो। बहुबली-२ पछि प्रदर्शन भएका कुनै पनि चलचित्र सफल हुन सकेका छैनन्। तर अक्षय कुमारको चलचित्र ट्वाइलेट एक प्रेमकथाले भने प्रदर्शन भएको पहिलो दिनमा आशालाग्दो व्यापार गरेको छ।

पहिलो दिनको व्यापार हेर्ने हो भने बलिउड क्षेत्रमा बाहुबलि-२ ले लगाएको ग्रहणलाई यस चलचित्रले हटाउने धेरैले विश्लेषण गरेका छन्। १८ करोड बढीको लगानीमा निर्माण भएको यस चलचित्रले पहिलो दिनमै १५ करोडको व्यापार गरेको छ।

रिर्पोटलाई आधार मान्ने हो भने यस चलचित्रले ११०-११५ करोडको कमाई गर्ने निर्माण पक्षको अपेक्षा छ। यो चलचित्र अहिले ३००० बढी हलहरुमा प्रदर्शन भएको निर्माण पक्षले जनाएको छ।

The post बलिउड क्षेत्रमा बाहुबलीले लगाएको ग्रहणलाई अक्षकुमारले हटाउने संकेत appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hTvKcv
via IFTTT

No comments:

Post a Comment