Friday, August 18, 2017

बाढीपीडित परिवारका सदस्यलाई ७० रुपैयाँ दिने सरकारको घोषणा

काठमाडौं: गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाढीपीडित परिवारका सदस्यलाई ३० दिनसम्म दैनिक ७० रुपैयाँ दिने घोषणा गरेका छन्।

शुक्रबार दिउँसो गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले बाढीपीडितका परिवारलाई महिना दिनसम्म प्रतिव्यक्ति ७० रुपैयाँ दिने जानकारी गराएका हुन्।

बाढीका कारण पूर्वी तराईको जनजीवन अस्तव्यक्त भएको र साधारण दैनिकी चलाउन एक महिना लाग्ने भएकाले दैनिक आर्थिक सहयोग रकम दिने घोषणा गरेको हुन्। मन्त्रालयमा पत्रकार सम्मेलन जारी छ। annapurnapost

The post बाढीपीडित परिवारका सदस्यलाई ७० रुपैयाँ दिने सरकारको घोषणा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2icF63f
via IFTTT

No comments:

Post a Comment