Tuesday, August 22, 2017

ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ

कुनै समय एक अन्तरवार्तामा आफ्नी पत्नीलाई नायिका बनाउन लागिपरेको बताएका पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम स्वयम फिल्म निर्माणमा लागि परेकी छन्। नाम सार्वजनिक नभएको उक्त फिल्ममा उनी आफैँ नायिकाको रुपमा रुपमा देखिदैछिन् भने उनले फिल्मको निर्देशक, नायक र संगीतकारको नाम पनि सार्वजनिक गरेकी छन्।

सत्यराज चौलागाईको निर्देशन रहने फिल्ममा दीपक घिमिरे नायकको रुपमा देखिँदैछन्। संगीतको पाटो गायक सुगम पोखरेलले समाल्ने बताइएको छ। यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको फिल्मको छायाँकन भने दशैँ–तिहारको बीचबाट हुनेछ।

क्यानडा बसोबास गर्दै आएकी एलिजा नेपाल फर्किए लगतै फिल्म निर्माणमा लागेकी हुन्। फिल्मको बजेट एक करोड हाराहारीमा रहने बताइएको छ। nepalkhabar

The post ऋषि धमलाकी पत्नी फिल्म बनाउँदै, नायिका पनि आफैँ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2g1a6SY
via IFTTT

No comments:

Post a Comment