Sunday, August 20, 2017

गार्डका छोराले भेटेको ४० लाखको हिरा मालिकलाई दिए फिर्ता

एक सुरक्षाकर्मीका १५ वर्षीय छोराले ४० लाख पर्ने ७ सय क्यारेटको हिरा मालिकलाई फिर्ता दिएका छन् । भारतको सुरतस्थित महिदापुरमा क्रिकेट खेल्ने क्रममा गत अगस्ट १५ तारिखमा भेटेको उक्त हिरालाई खोजी गर्दै आएका मालिकलाई दिइएको हो ।कक्षा ११ मा अध्ययनरत विशाल उपाध्यायलाई हिराका मालिक मानसुख साभालियाले ३० हजार र सुरत डाइमण्ड असोसिएसनका अध्यक्ष बाबु गुजरातीले इमान्दारिता देखाएको भन्दै शनिबार ११ हजार नगद पुरस्कार दिए ।‘हिराको प्याकेट फिर्ता गर्ने ती किशोरप्रति म निकै आभारी छु । यदि मैले त्यो नभेट्टाएको भए, म ठूलो घाटामा हुने थिएँ । ऋण चुक्ता गर्नका लागि मैले घर नै बेच्नुपर्दथ्यो । ती किशोरले मलगायत मेरो पूरा परिवारलाई बचाएका छन्,’ मानसुखले बताए ।विशालले हिराको उक्त प्याकेट डाइमण्ड स्ट्रिटमा साथीहरुसँग क्रिकेट खेल्दा भेटेका थिए । उनका साथीले हिर्काएको बलको पिछा गर्ने क्रममा पार्किङ क्षेत्रमा हिराको प्याकेट भेटेको उनले बताए ।

‘म घर फर्किएँ र कसैलाई पनि यसबारे जानकारी नदिई आफैंसँग राखे । यसका मालिक भेट्नेछु र फिर्ता दिनेछु भन्ने मेरो सोच थियो । तेस्रो दिन प्याकेटका मालिक खोजी गर्दै आइपुगे । मैले उनीबारे थाहा पाएँ र उनी भए ठाउँ गएँ । मैले उक्त प्याकेट मसँग भएको बताएँ,’ विशालले भने । विशालकी आमा लुगा सिलाउँछिन् भने दाइ अकाउन्टेन्ट अफिसमा काम गर्छन् । ‘एक पटक दिएको आमाले दिएको ५० को नोट मैले हराएको थिएँ । त्यो दिन मैले केही खाइनँ । आफ्नो सामान हराउँदा हुने पीडा बुझेर नै मैले उक्त सामान मालिकलाई दिने निधो गरेको हुँ, ’ विशालले भने ।पुरस्कारस्वरुप पाएको ४१ हजार भारुले के गर्ने त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘म त्यो पैसा आफ्नो पढाईमा खर्च गर्नेछु । म एकदिन ठूलो मान्छे बन्नेछु । म मेरा आमा र बुवालाई राम्रो जीवन दिन चाहन्छु ।’

The post गार्डका छोराले भेटेको ४० लाखको हिरा मालिकलाई दिए फिर्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v3TRae
via IFTTT

No comments:

Post a Comment