Friday, August 18, 2017

एउटा दुखद मन छुने प्रेमकथा: जसले रुवाउने छ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला

एउटा दुखद मनछुने प्रेमकथा: जसले रुहाउनेछ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला । मनपरे अवस्य शेयर गर्नुहोला।

एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ! कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाजले शिर निहुराउछ ! कहिले आँखा आँखा जुध्छन, कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन, दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् !

संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान हर पल त्यो युवक ति युवतिको घर वरिपरि देखिन थाल्यो ! दैनिकी यसरि नै बित्छ, झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ, तर कुरा गर्न कसैले सकेको छैन, युवति को मन मा पर्यो, त्यो युवक पक्कै पनि मलाई मन पराउछ,कता कता उनलाई नि त्यो युवक मन पर्न थाल्यो, हुन नि हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक थियो !

ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन ! सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे, अनि एक पटक कुरा गर्ने सल्लाह दिए ! एक दिन ति युवति ले हिम्मत गरेर भनिन- ‘तिमि लाइ संधै म यहाँ देख्छु, मैले थाहा पाएँ तिम्रो मनको कुरो, धेरै कुरें, सायद पहिलो प्रस्ताव तिमि ले राख्छौ होला, कुराकानी को शुरुवात तिमि गर्छौ होला भन्ने मा ! तर तिमि कहिल्यै बोलेनौ, सायद मनको कुरा भन्न संकोच मान्यौ होला, त्यसैले मैले नै हिम्मत गरेर तिमि लाइ भन्ने आँट गरें, हो म तिमि लाइ मन पराउछु, धेरै….धेरै….. I Love You …. तिमि ढुक्क भएर मेरो घर मा आउ, मेरो बुबा आमा संग कुरा गर अनि हामि बिबाह गरौँ !!

युवतिबाट यति कुरा सुनेर युवक नर्भस थ्यो, त्यही नि बडो साहस गरेर भन्यो- ‘सुन न .. म त त्यसै नर्भस थिएँ/भए .. तर म बास्तव मा यहाँ बसेको चै तिम्रो घर को Wifi मा पासवर्ड रैनछ, त्यही भएर फ्री को नेट चलाउन लाइ यहाँ बसेको पो त 😂 😂 मनपरे अवश्य सेयर गरिदिनुहोला

अब अर्को दु:खद प्रेमकहानी

एक दिन एउटा केटाले आफुसंगै पढ्ने केटीलाई प्रेम प्रस्ताव राख्छ…! केटीले पनि केटाको प्रेम प्रस्तावलाई सुईकार्छे, दुबैजना एकअर्को लाई एक्दमै मायाॅ गर्न थाल्छन्…! केटा जैले पनि भनि रहन्थ्यो कि, मेरो मुटु तिम्रो साथमा छ,अर्थात तिमीसॅगै छ…!

केहि महिनापछि केटीले केटालाई हामी विवाह गरौ भन्छे…! यो सुनेर केटाले आफूलाई केहि समय दिनको लागि आग्रह गर्छ…!

जति दिन बित्दै जान्छ उति नै धेरै केटीलाई केटाको झन् धेरै मायाॅ लाग्दै जान्छ। उसले आफ्नो मनमा केटा प्रतिको माया झनझन बढाउदै लान्छे…!

यसैमा केटाले एक दिन भन्छ,म तिमीसॅग विवाह गर्न सक्दिन किनकी मेरो परिवारले मेरो विवाह अन्तै फिक्स गर्दिसक्नु भयो…! मेरो परिवारको खुशीमा नै मेरो खुशी लुकेको छ। प्लिज..मलाई माफ गर्देउ ल…! यो सुनेर केटी केही नबोलि मौन बस्छे, यतिकैमा केटाले फेरि भन्छ: हामी जीवनसाथी बन्न नसकेपनि जीवनभरी सधै असल साथी भयर बस्ने ल! केटीले हुन्छ भन्ने ईसारामा बिस्तारै मुन्टो हल्लाउछे। अनि दुबै जना रुदै आ-आफ्नो घरतर्फ जान्छन्…! -morang online

The post एउटा दुखद मन छुने प्रेमकथा: जसले रुवाउने छ तपाईलाई, दुईमिनेट समय निकालेर अवश्य पढ्नुहोला appeared first on Taja nepali news.

http://ift.tt/2skj8iC

from SHYANE http://ift.tt/2wlBYY6
via IFTTT

No comments:

Post a Comment