Wednesday, August 2, 2017

निर्माता सन्तोष सेनसँगको फाईटका क्रममा प्रदीप खड्काको दाहिने खुट्टामा चोट ..

साउन १३ गते देखि प्रदर्शनमा आएको सिनेमा ‘प्रेम गीत २’ ले तीन करोड भन्दा माथिको कारोबार गरिसकेको छ । सिनेमालाई दर्शकले अत्यधिक रुचाएका छन् । रिलिज भएको दिनमै एक करोड भन्दा माथिको कारोबार गरेको सिनेमा हेर्नको लागि अहिले पनि हलमा भिड छ । सिनेमाको कथा वस्तु, सिनेमामा देखाईएका सुन्दर दृश्यहरु र कलाकारहरुको कामलाई समिक्षक र दर्शकले तारिफ गरिरहेका छन् । सिनेमा आफैमा राम्रो त छ नै तर सिनेमामा भएको क्लाईमेक्स सिन ‘मोय थाई फाईट’ सिन ले पनि दर्शकलाई हलसम्म तानेको धेरैको ठम्याई छ ।

नेपाली सिनेमाको ईतिहासमै पहिलो पटक गरिएको मोय थाई किकलाई दर्शकले रुचाएका छन् । तर यो सिन पर्दामा हेर्दा जति सजिलो र आनन्द आउँछ यसलाई तयार पार्न निर्माता तथा निर्देशकले त्यति नै कडा मेहनत र दुःख गर्नुपरेको थियो । पर्दामा सिनलाई वास्तविक देखाउनको लागि सन्तोष सेन र प्रदीप खड्काले एकअर्कालाई साँच्चिकै हान्नु परेको थियो जसले गर्दा दुवै जना चोट्याहा हुन पुगेका थिए ।
केही समय अगाडि दुर्घटनामा परेका निर्माता तथा कलाकार सन्तोष सेनको दाहिने हातमा स्टिल हालिएको थियो । हातलाई धेरै हल्लाउन नहुँदा पनि उनले सिनमा चाहिने जति हात हल्लाएका छन् ।

अभिनेता प्रदीप खड्का पनि क्लाईमेक्स सिन छायाकंन गर्दा चोट्याहा भए । सन्तोष सेनसँगको फाईटका क्रममा उनको दाहिने खुट्टामा चोट लागेको थियो । सिनेमा राम्रो बनाउन, सिनलाई वास्तविक देखाउन गरिएको फाईटका कारण प्रदीप खड्कालाई बिहान उठ्न समेत गाह्रो पर्थ्यो । सिनेमाको क्लाईमेक्सका रुपमा गरिएको यो फाईट सिन निकै कठिनपूर्ण तरिकाले निर्माण गरिएको थियो । टेलिभिजनको पर्दामा वास्तविक देखाउनकै लागि सन्तोष सेन र प्रदीप खड्का सिथिल हुने गरी नै एकअर्कासँग लडेका थिए ।
सन्तोष सेनको निर्माणमा बनेको यस सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । सिनेमामा प्रदीप खड्का र अश्लेषा ठकुरी शीर्ष भूमिकामा छन् । त्यस्तै निर्माता सन्तोष सेन सिनेमामा भिलेनको भूमिकामा देखिएका छन् जसलाई दर्शकले अत्यधिक रुचाएका छन् । source:gufgaf

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uiCW2M
via IFTTT

No comments:

Post a Comment