Tuesday, August 8, 2017

सगरमाथा चढेको झुटो दाबी गर्ने भारतीय दम्पतीलाई कारवाही

सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय जोडी बनेको झुटो दाबी गरेका एक भारतीय दम्पतीलाई भारत सरकारले कारवाही गरेको छ। प्रहरी सेवामा रहेका उनीहरुलाई प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दिनेश र तारकेश्वरी राठौडले अघिल्लो बर्ष आफूहरुले सफलतापूर्वक सगरमाथा चढेको बताएका थिए। तर भारतको महाराष्ट्र राज्यका अधिकारीहरुले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दाबी गरेको निष्कर्ष निकालेको छ।

उक्त दम्पतीले सगरमाथाको आरोहण गरेको बिषयको सत्यतामा अरु आरोहीहरुले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो। महाराष्ट्र राज्यका अतिरिक्त कमिश्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई उक्त दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्याएको प्रतिक्रिया दिए।

अब उक्त दम्पतीविरुद्ध कुनै थप कारबाही गरिन्छ कि गरिदैँन स्पष्ट भइसकेको छैन्।

यसअघि नै नेपाली अधिकारीहरुले उनीहरुले झुटो दाबी पेश गरेको निष्कर्ष निकाल्दै उनीहरुलाई १० वर्षका लागि पर्वतारोहणमा प्रतिबन्ध लागाइसकेका छन्।
नेपालको पर्यटन विभागले सुरुमा उनीहरुको आरोहणलाई मान्यता दिएपछि अनुसन्धानपछि त्यसलाई रद्द गरेको थियो।

सुरुमा राठोड दम्पतीले संवाददातालाई उक्त तस्वीर वास्तविक भएको बताएका थिए। annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vJWPVt
via IFTTT

No comments:

Post a Comment