Friday, August 18, 2017

चर्चित नायिका जसले गरिन् ४ वटा बिहे, तर मृत्यु शैयामा छटपटाउँदा कसैको पनि साथ पाइनन्

एजेन्सी । पाकिस्तानकी चर्चित नायिका शमीम आराले ४ जना पतिसँग विबाह गरे पनि मृत्युको समयमा उनले कुनै पनि पतिको साथ पाइनन् । पाकिस्तानमा लगभग ८० वटा फिल्ममा काम गरेकी शमीमले ५० देखि ७० को दशकमा शमीमले पाकिस्तानमा फिल्मी क्षेत्रमा राज गरेका बेला उनले एक जमिनदारसँग विवाह गरिन्। तर उनको श्रीमान्को एक कार दुर्घटनामा मृत्यु भयो।

श्रीमानको मृत्युपछि शमीम एक्लै भएपछि उनले पुन दोसस्रो विबाह गर्ने निर्णय गरिन् र दोस्रो विवाहबाट उनको एउटा छोरा जन्मियो । तर कारणवश उनको दोस्रो विबाह पनि सफल हुन सकेन र डिर्भोस भयो ।

त्यसपछि उनले तेस्रो विवाह गरिन्। तर त्यो विवाह पनि उनको सफल भएन। ३ वटा विवाह पनि सफल नभएपछि उनी निराश थिइन्। तर फेरी उनको जीवनमा एक व्यक्ति आए र शमीमले उनीसँग चौथो विवाह गरिन्। विवाहको केही वर्षपछि शमीम बेलायत गइन् ।

उनीसँग उनका पनि जान मानेनन् र ब्रेन ह्यामरेज जवस्तो गम्भिर प्रकृतिको रोग लाग्दा पनि उनले आफ्ना जीवन साथीको साथ र सहयोग पाइनन् । उनका निर्दयी पति उनको अन्तिम मृख हेर्न पनि पुगेनन्। ४ वटा विवाह गरेकी उनको अन्तिम समयमा छोराले मात्र साथ दिएको पल उनी निकै भावुक हुँदै रुने गरेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

The post चर्चित नायिका जसले गरिन् ४ वटा बिहे, तर मृत्यु शैयामा छटपटाउँदा कसैको पनि साथ पाइनन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vKpgSa
via IFTTT

No comments:

Post a Comment