Tuesday, August 15, 2017

म्याकडोनाल्डसमा मान्छेको मासु

ओक्लाहामा । केही वर्षयता म्याकडोनाल्डसमा सर्भ गरिने खाना बारे थुप्रै विवादहरू सिर्जना भएका छन्। तर हालै विश्व प्रसिद्ध फास्ट फुड चेन म्याकडोनाल्डसमा प्रयोग हुने मासुका बारे सार्वजनिक भएका केही तथ्य विश्वास गर्नै कठिन देखिएको छ। एकजना व्यक्तिले अडियो टेपमार्फत म्याकडोनाल्डसले तिनीहरूको शतप्रतिशत गाईको मासु प्रयोग गरी बनाइने ह्यामवर्गरमा मान्छेको मासु पनि राखिने गरेको दाबी गरेका छन्।

साथै म्याकडोनाल्डसमाथि हालै किरा परेको मासु पनि वर्गरमा प्रयोग गर्ने गरेको आरोप लगाइएको थियो। यस्ता खबर सार्वजनिक हुन थालेपछि खाद्यान्न अनुगमनकर्ताहरू थप अनुसनधान गर्न बाध्य भएका छन्। तिनीहरुले अमेरिकाको ओकलोहामास्थित म्याकडोनाल्डसको मासु कारखानामा रहेका फ्रिजमा मान्छे र घोडाका मासु फेला पारेका छन्।

साथै तिनीहरूले फास्ट फुड रेस्टुरेन्टहरूका वगर्समा आपूर्ति गराइन लागेका थुप्रै ट्रकमा पनि मान्छेको मासु फेला पारेका छन्। यसैबीच अमेरिकाभरिका खाद्यान्न रेस्टुरेन्ट र म्याकढोनाल्डसका कारखानामा अनुगमन गरिँदा ९० प्रतिशत स्थानमा मान्छेको मासु र ६५ प्रतिशत स्थानमा घोडाको मासु फेला परेको प्रतिवेदन तयार पारिएको छ।

अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई) का एजेन्ट लोयड ह्यारिसनले मान्छेको मासुमा पनि अझै बालबालिकाको मासु प्रयोग हुनु निकै दुःखलाग्दो भएको बताएका छन्। नेपाल समाचारपत्रबाट

The post म्याकडोनाल्डसमा मान्छेको मासु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vGSeAt
via IFTTT

No comments:

Post a Comment