Sunday, August 20, 2017

भारतिय टिभी सिरियलका दुई कलाकारको कार दुर्घटनामा मृत्यु..

भारतिय धार्मिक टिभी सिरियल ‘महाकाली : अन्त ही आरम्भ है’ का दुई कलाकार गगन कंग र अर्जित लवानियाको शनिबार कार दुर्घटनामा मृत्यु भएको छ। उमरगाउँमा सुटिङ सकाएर मुम्बई फर्किरहेका बेला मुम्बई- अहमदावाद हाइवेमा उनीहरु चढेको कार दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार विहान एक ट्रकसँग उनीहरु चढेको कार ठोक्किदा दुई कलाकार सहित ३ जनाको मृत्यु भएको हो। दुई कलाकारसँगै कारमा गगनका सहायक पनि थिए।

‘महाकाली : अन्त ही आरम्भ है’ नामक धार्मिक सिरियलमा गगन भगवान इन्द्रको भूमिकामा थिए भने अर्जित नन्दीको भूमिकामा थिए। एजेन्सी

The post भारतिय टिभी सिरियलका दुई कलाकारको कार दुर्घटनामा मृत्यु.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wutFZU
via IFTTT

No comments:

Post a Comment