Tuesday, August 8, 2017

१२ कक्षा उत्तिर्ण नेपाली युवाका लागि पाइलट बन्ने अवसर

काठमाडौं । स्वदेशी पाइलटको अभाव परिपूर्ति गर्न निजी वायुसेवा सञ्चालकले रोजगारीको प्रत्याभूति (जब ग्यारेन्टी)सहित नेपाली विद्यार्थीलाई हेलिकोप्टर पाइलट तालिममा पठाउने भएका छन् ।

पछिल्लो समय नेपालमा हेलिकोप्टर सेवा प्रदायक कम्पनी र जहाज संख्या बढे पनि हेलिकोप्टर उडाउने नेपाली पाइलटको संख्या भने न्यून छ ।

सोही कारण प्रत्येक पर्यटकीय सिजनमा करिब एक दर्जन विदेशी पाइटले महँगो तलवभत्तासहित नेपालमा रोजगारी पाउने गरेका छन् ।

महँगो तलवभत्ता दिएर विदेशी पाइलट ल्याउनुभन्दा मुलुकभित्रबाटै नयाँ पाइलट उत्पादन गर्ने उद्देश्यले वायुसेवा सञ्चालक संघ (आयोन)बाट नेपाली युवालाई पाइलट तालिममा पठाउन लागिएको संघका सचिव तथा मनाङ एयरका कर्पोरेट चिफ राजु न्यौपानले जानकारी दिए ।

आयोनमा आवद्ध कम्पनीहरुले पहिलो चरणमा हेलिकोप्टर पाइलट कोर्स पुरा गर्ने १० जना पाइलटलाई रोजगारी दिनेछन् ।

त्यसका लागि इच्छुक नेपाली युवाबाट ५ भदौसम्म आइपुग्नेगरी आयोनले निवेदन माग गरेको छ ।

स्वीकृतप्राप्त शैक्षिक संस्थाबाट भौतिक विज्ञान र गणित विषय लिई १० जोड २ उत्तीर्ण युवाले आवेदन दिन सक्ने सचिव न्यौपानेले बताए ।

२३ वर्ष उमेन ननाघेका युवालाई मात्र तालिममा पठाउने योजना आयोगको छ । १० पाइलटलाई रोजगारीको प्रत्याभूति गर्ने कम्पनीमा सिम्रिक एयर, अल्टिच्यूड एयर, एयर डाइनेस्टी, फिस्टेल एयर रहेका छन् ।
(नयाँ पत्रिका दैनिक)

The post १२ कक्षा उत्तिर्ण नेपाली युवाका लागि पाइलट बन्ने अवसर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vNn8dy
via IFTTT

No comments:

Post a Comment