Wednesday, August 2, 2017

आफ्नी श्रीमती सँग कोठामा आपत्तीजनक अवस्था देखेपछि प्रहरी असईको हत्या..

काठमाडौँ । गत बिहीबार खनियावासको दार्खास्थित प्रहरी चौकीमा कार्यरत असई बीरुबहादुर गुरुङको हत्या गरी फरार भएका शान्तलाल भनिने सुशील गुरुङले बुधबार प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

गत बिहीबार मध्यरातमा आफू कार्यरत छिमेकीगाउँ मार्पाकदेखि घर आउँदा मृतक असई र श्रीमती तारालाई कोठामा आपत्तीजनक अवस्थामा फेला पारेपछि आवेशमा आएर २ मुक्का हानेर ढोका थुन्ने बाँसको आग्लोले प्रहार गरेपछि असई भागेको बयान दिएका छन्। असईभन्दा पत्नी अगाडि भागेको र पछि असई भागे पनि खोज्दा फेला नपरी भोलीपल्ट मृत अवस्थामा फेला परेपछि आफू गाउँबाट भागेर मार्पाकमै पुगेको उनले बताएका छन् ।

सुशीलले आफू सम्वद्ध राजनीतिक दल मार्फत आत्मसमर्पण गरेका हुन्। घटना लगत्तै जिल्ला प्रहरीको टोली दार्खा पुगेर अनसन्धान गरी पत्नी तारा थापामगरलाई गत शुक्रबार नै हिरासतमा लिइसकेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vkD8mN
via IFTTT

No comments:

Post a Comment