Sunday, August 13, 2017

ढुङ्गा झर्दा बस दुर्घटनामा

तुलसीपुर(दाङ), २९ साउन – रुकुमबाट दाङ, तुलसीपुर आउँदै गरेको ना ३ ख ३२३० नंको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने स्थानमा पहिरामा पर्दा आज एक जनाको मृत्यु भएको छ । सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्थामा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरामा पर्दा अन्दाजी ३२ वर्षीय नाम नखुलेका एक पुरुषको घटनास्थलमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

सो घटनामा घाइते भएका सात जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ । खोलाले बगाउँदा मृत्यु तुलसीपुर–घोराही सडकखण्डमा पर्ने हापुर खोलाले बगाउँदा घोराही उपमहानगरपालिका वडा नं १२ बस्ने ३३ वर्षीया निर्मला बाठा मगरको आज मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता पौडेलका अनुसार माइत जान हिंडेकी मगरलाई खोला तर्नेक्रममा बगाएको हो । सो सडक खण्डको जँघारबाट करिब २०० मिटर तल उनको शव फेला परेको प्रहरीले जनाएको छ । source:bigulnews

The post ढुङ्गा झर्दा बस दुर्घटनामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wUJvua
via IFTTT

No comments:

Post a Comment