Thursday, August 17, 2017

यो बैंक मा एक लाख रुपैयाँ बचत गर्दा दुई लाख रुपैयाँ पाइने… बैंकले ल्यायो ‘डबल डिपोजिट’ स्किम

काठमाडौं। एनआइसी एसिया बैंकले ‘डबल डिपोजिट’ नामक नयाँ निक्षेप योजना ल्याएको छ। ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले रकम जम्मा गरेको निश्चित अवधिपछि दोब्बर रकम भुक्तानी गर्ने योजना ल्याएको बैंकले जनाएको छ।

दोब्बर रकम पाउन कम्तिमा एक लाख रुपैयाँ जम्मा गर्नु पर्छ। रकम जम्मा गर्ने सर्वसाधारणले ९ बर्षमा दोब्बर रकम भुक्तानी पाउने छ। संस्थागत निक्षेपकर्ताले भने दोब्बर पाउन १० बर्ष कुर्नु पर्छ।

बैंकले ब्याज आम्दानीमा कर कट्टी गरेपछि दोब्बर रकम भुक्तानी गर्ने छ। ‘नयाँ योजनाले ग्राहकलाई ब्याज थपघट हुनेसक्ने जोखिमबाट जोगाउँछ’ प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने।

बैंकका देशभर ११९ शाखा र ४ एक्सटेन्सन काउन्टर छन्। बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर वापत १०५ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ।
-बिजमाण्डू

The post यो बैंक मा एक लाख रुपैयाँ बचत गर्दा दुई लाख रुपैयाँ पाइने… बैंकले ल्यायो ‘डबल डिपोजिट’ स्किम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uNuDkH
via IFTTT

No comments:

Post a Comment