Thursday, August 3, 2017

युरोपमा वाइवाइ चाउचाउको व्यवसायिक उत्पादन सुरु

चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरु गरेको छ। यसअघि नै निर्मित वाइवाइको उत्पादन प्लान्टबाट बुधबारबाट व्यवसायिक उत्पादन सुरु भएको चौधरी ग्रुपले जानकारी दिएको छ।

नेपालको पहिलो ब्रान्डको रुपमा वाइवाइ युरोपेली राष्ट्रबाट पनि उत्पादन भएको हो। सिजी फुड्स युरोपको नामबाट सर्वियाको रुमा सहरमा रहेको वाइवाइको प्लान्टबाट व्यवसायिक उत्पादन थालनी भएको ग्रुपले जानकारी दिएको छ।

हाल विश्वभर वर्षमा २ अर्ब २० करोड बिक्री भइरहेको वाइवाइले विश्व तयारी चाउचाउ बजारको २.२ प्रतिशत हिस्सा ओगटेको छ । नेपालमा ६ र भारतमा आठ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा २७ प्रतिशत हिस्सा ओगटेको छ । बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ ।

नेपालका यी एकमात्र ‘फोर्ब्स’ सूचीकृत अर्बपति विनोद चौधरीले विसं २०४१ सालमा थाइल्यान्डबाट वाइवाइ भित्र्याएका हुन्। त्यतिबेलै उनले यसको अन्तर्राष्ट्रिय ब्रान्ड अधिकार पनि आफूसँगै ल्याएका थिए। यो तीन दशक अवधिमा ललितपुरको भैंसेपाटीबाट सुरु भएको वाइवाइ नवलपरासीको उद्योग ग्राम हुँदै बर्दियासम्म फैलिएको छ। अब पूर्वी क्षेत्रका लागि इटहरीमा छुट्टै प्लान्ट लगाउने तयारी गर्दैछन्।

त्यस्तै भारतमा सिक्किम (रम्पो) बाट सुरु भएको वाइवाइ उत्पादन उत्तराखण्ड (रुद्रपुर), आसाम (गुवाहाटी र सिल्चर), बिहार (पूर्णिया) हुँदै आन्द्राप्रदेश (चित्तुर) सम्म पुगिसक्यो।

सन् २०२० भित्र एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका १० वटा देशमा वाइवाइ उत्पादन सुरु गर्ने योजना बनाएको ग्रुपले सर्बिया लगत्तै साउदी र बंगलादेशबाट पनि उत्पादन सुरु गर्ने भएको छ।

त्यसपछि रुस, पोल्यान्ड, इरान, टर्की, मेक्सिको, इजिप्ट र केन्याबाट पनि उत्पादन सुरु गरिने र त्यसपछि वाइवाइलाई विश्वव्यापी ब्रान्डका रूपमा स्थापित हुने चौधरी ग्रुपको विश्वास रहेको छ।setopati

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uplhpX
via IFTTT

No comments:

Post a Comment