Monday, August 21, 2017

भोजपुरमा प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि !

भोजपुर । जन्मेको बच्चा मारेको आशंकामा भोजपुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दक्षिणी हतुवागढी गाउँपालिका २, घोडेटारका २८ वर्षीय निजी स्कुलका प्रिन्सिपल कृष्ण राई र घोडेटारकै २६ वर्षीया रमिता राईलाई भर्खरै जन्मेको नवजात बच्चा मारेको आरोपमा घरैबाटै पक्राउ गरेको हो।

सोहि स्कुलमा पाठाउने रमिताले शुक्रबार बच्चा जन्माएकी थिइन् । स्थानीयले बच्चाको विषयमा सोधखोज गर्दा उनले बच्चा कृष्णको भएको बताएपछि गाउँलेले प्रहरीमा खबर गरेका हुन् । स्थानीयले खबर गरेलगत्तै पुगेको प्रहरीले बच्चाको शवसहित दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा बुझाएको छ ।

स्थानीय बोर्डिङ स्कुलमा अध्यापन गराइरहेका दुवै शिक्षक अविवाहित हुन् । आरोपित जोडीले बच्चा आफूहरुले नमारेको र बच्चा स्वयम् नै मृत अवस्थामा जन्मेको बताएका छन् ।

स्थानीय घोडेटार बजारमा सञ्चालनमा रहेको श्री हतुवा इङ्लिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल समेत रहेका कृष्ण राई र सोही स्कुलमा अध्यापन गराइरहेकी स्टाफ रमितासँग प्रहरीले घटनाको विषयमा बयान लिइरहेको छ ।

प्रहरीले बच्चाको हत्या भएको हो वा होइन भन्ने यकिन गर्न बच्चाको शवलाई पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र ती दुवैलाई आवश्यक कारवाही थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

The post भोजपुरमा प्रिन्सिपलसँगको अवैध सम्बन्धबाट बच्चा जन्मिएपछि ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iiRtL1
via IFTTT

No comments:

Post a Comment