Thursday, August 17, 2017

अमेरिकी पुर्व राष्ट्रपति ओबामाको एक ट्वीटले हल्लियो सामाजिक सञ्जाल, के थियो ट्विटमा ? हेर्नुहोस

३२ साउन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले ट्वीटरमा इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो।

नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा बच्चा हेरविचार गर्ने केन्द्रको झ्यालबाट बच्चाहरु बाहिर हेरिरहेका छन्। ओबामा उनीहरुका अगाडि उभिएर मुस्काइरहेका छन्।

ती बच्चा अलगअलग परिवारका छन् र ओबामालाई हेरेर मुस्काइरहेका छन्।

ओबामाको यो ट्वीट २८ लाखभन्दा बढीले मन पराएका छन्। उनले यो फोटो गत अगस्ट १३ मा भएको भर्जिनिया हमलापछि सेयर गरेका थिए।

ट्वीटरका अनुसार एरिआना ग्राण्डको ट्वीटलाई यसले पछि पार्दै नयाँ रेकर्ड बनाएको हो। सबैभन्दा मनपराइएको ट्वीट बन्नुका साथै यो धेरै रिट्वीट हुने ट्वीटको पाँचौं नम्बरमा पनि परेको छ।

ओबामाको ट्वीटमा लेखिएको छ, ‘कुनै पनि व्यक्ति उसको छालाको रङ, पृष्ठभूमि वा धर्मका आधारमा कसैलाई घृणा गर्दै जन्मिएको हुँदैन‘।।

उनको यो फोटो सन् २०११ मा ओबामा मेरिल्याण्ड बेथेस्डास्थित डे केयर सेन्टर जाँदाको हो। ह्वाइट हाउसका तत्कालिन आधिकारिक फोटोग्राफर पिट सोउजाले खिचेका हुन् । -एजेन्सी

The post अमेरिकी पुर्व राष्ट्रपति ओबामाको एक ट्वीटले हल्लियो सामाजिक सञ्जाल, के थियो ट्विटमा ? हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2iaxgqu
via IFTTT

No comments:

Post a Comment