Sunday, August 27, 2017

बाढी पीडित भोकै भएको थाहा पाएपछि सर्लाही पुगे राजेश हमाल

सर्लाही, भदौ ११ – नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले शनिबार सर्लाहीका बाढी पीडित परिवारलाइ राहत वितरण गरेका छन्। उनले कौडेना,जमुनया,श्रीपुरलगायतका बाढी प्रभावित गाउँमा पुगेर राहात सामाग्री बितरण गर्नुभएको हो। उनले पहिले शिवनगरका ७० घर मुस्लिम परिवारलाई चामल, दाल, तेल र चाउचाउलगायतका खाद्यान्न समाग्री वितरण गरेका छन् । महानायक हमालले बाढीबाट पीढित भएका प्रति परिवारलाइ एक बोरा चामल, ५ किलो दाल, १ लिटर तेल र चाउचाउ वितरण गरेका छन् ।

आफ्नो कपाल काट्ने सहयोगी राम ठाकुर र नविन यादवले बाढीले यहाँका नागरिक भोक–भोकै बस्नु परेको खबर सुनाएपछि आफू वितरण गरेको हमालको भनार्इ छ । राहत वितरण गर्नु भन्दा अगाडि उनले पीडित परिवारको घर घरमा गएर गुनासो सुन्ने र घरमा भएको क्षतिको निरीक्षणसमेत गरेका थिए । ujyaaloonline

The post बाढी पीडित भोकै भएको थाहा पाएपछि सर्लाही पुगे राजेश हमाल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vhZGFy
via IFTTT

No comments:

Post a Comment