Thursday, August 17, 2017

भारतको ज्यादती बिरुद्द जागे नेपाली, नेपाल डुबाउने भारतीय बाध नेपालीले भत्काईदिए

नवलपरासी भदौ १ । सुस्ताबासीले बस्ती डुबानमा परेको र जमेको पानी नहरमा खसाल्ने भन्दै भारततर्फ जाने नहरको बाँध भत्काएका छन् । पश्चिम गण्डक नहरका कारण बस्ती डुबानमा परेको थियो ।
झन्डै दुई सयको संख्यामा रहेका स्थानीयबासीले १० मिटर जति बाँध भत्काइसकेको भए पनि नहरमा पानी भने खसेको छैन ।

नहरको बाँधका कारण आफूहरु डुबानमा परेको भन्दै उनीहरुले फलामे पुल नजिकैको नहरको बाँध भत्काएका हुन् । खेतमा जम्मा भएको पानीको निकास नभएको भन्दै उक्त पानी नहरमा खसाउनु पर्ने स्थानीयको भनाइ छ ।
स्थानीय प्रशासनले आक्रोशित भीडलाई सम्झाइ बुझाई गरेर परिस्थितिलाई साम्य बनाएको छ । अहिले प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भारतीय पक्षसंग बाँधका बारेमा छलफल भइरहेको छ।

The post भारतको ज्यादती बिरुद्द जागे नेपाली, नेपाल डुबाउने भारतीय बाध नेपालीले भत्काईदिए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2v4qWCa
via IFTTT

No comments:

Post a Comment