Thursday, August 10, 2017

उडेको २५ दिन मै रातो बाकसमा फर्किए सपना लिएर दुबई उडेका युवक

विदेश गएर धनसम्पति आर्जन गरी सुखी जीवन जिउला भनि युएइ पुगेका एक एक नेपाली युवकको निधन भएको छ।

२५ दिन अगाडी मात्र युएईको अबुधावीस्थित एक सेक्युरिटी कम्पनीमा काम गर्न पुगेका योगेश सापकोटाको शनिबार बेलुका निधन भएको हो। उनि काठमाडौंको सामाखुसीमा रहेको शिवाकोटी मेनपावरबाट गत जुलाई १० तारिख मात्र युएई पुगेका थिए।

युएई पुगे पनि उनको ड्युटी भने सुरुवात भएको थिएन। शनिबार बिहानदेखि नै बिरामी परेका सापकोटालाई कम्पनीले उपचारको लागि बेलुका सम्म पनि हस्पिटल लगेन जव बेलुकीपख उक्त कम्पनीमा कार्यरत नेपालीहरु मिलेर उनलाई हस्पिटल लगे तव सम्म उनको मृत्यु भै सकेको थियो । ‘हत्तार हत्तार उनलाई अस्पताल त लग्यौ तर सापकोटाको बाटोमै मृत्यु भयो’ उक्त कम्पनि कार्यरत एक युवकले भने।

असामयिक निधन भएको सापकोटाको शवलाई अबुधाबीस्थित लाइफ लाइन हस्पिटलमा राखिएको छ। उनको मृत्यु भए पछी नेपाली दुताबास युएईलाई जानकारी दिईएको छ ।

उनको मृत्यु के कारणले भयो भन्ने अस्पतालले पोस्टमार्टम गरे पछि कम्पनिसंग कुरा गरेर शवलाई छिट्टै नेपाल पठाउने युएइ स्थित नेपाली दुताबासले जनाएको छ । योगशको मृत्युसंगै कम्पनीमा कार्यरत नेपालीहरु शोकमा डुबेका छन ।

The post उडेको २५ दिन मै रातो बाकसमा फर्किए सपना लिएर दुबई उडेका युवक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vH1UO4
via IFTTT

No comments:

Post a Comment